• नेपालमा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय ३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय १८ र ५ हजार ८२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ८७ हजार ९ सय ९५ पुगेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार २ सय ६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६५ संक्रमित निको भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।

    नेपालमा संक्रमण निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ । हाल नेपालमा २५ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन् । हाल देशभर ३ सय ३० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म संक्रमण पहिचानका लागि ३३ लाख ८३ हजार ५ सय ४४ वटा नमुना पिसिआर र २ लाख १३ हजार ३ सय ५८ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565