• चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले अहिले भारत बाहेकका दक्षिण एसियाली मुलुकका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा नेपालबाट प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन् ।

    सीले दक्षिण एसियाका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भर्चुअल छलफल गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।।

4565