-
नेपालमा दुवै मात्रा खोप लगाउनेको सख्या ३ प्रतिशत मात्र छ । कोरोना सक्रमण रोकथामका लागि खोप महत्वपूर्ण भए पनि नेपाल सरकारबाट खोप ल्याउनका लागि प्रभावकारी कार्ययोजना तथा पहल पर्याप्त भएको देखिदैन ।
हालसम्म भारतको सीरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरिरहेको अक्सफर्ड आस्ट्राजेनेकाको कोभिशील्ड खोप र चीनको सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप नेपालमा प्रयोग भईसकेको छ । नेपालमा भारत सरकारले अनुदान स्वरुप दिएको कोभिशील्ड खोपबाट खोप अभियान सुरु गरिएको थियो भने खोपको सुरुवात माघ १४ गतेबाट भएको थियोे । अभियान सुरु भएयता अहिलेसम्म नेपालको जनसंख्याको लगभग ९ प्रतिशतले पहिलो मात्रा तथा ३ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउँनेको सख्या ३ लाख ७१ हजार ८ सय तथा दास्रो मात्रा लगाउँनेको संख्या ५२ हजार ८ सय ५५ रहको छ । साथै सिनोर्फामको भेरोसेलको पहिलो मात्र लाउँनेको संख्या ७० हजार २ सय ३६ तथा दास्रो मात्रा लगाउने ३ हजार २ सय ३८ जना रहेका छन् । प्रदेश २ मा कोभिसील्डको पहिलो मात्रा लगाउनेको संख्या ३ लाख २० हजार ५ सय ३२ तथा दास्रो मात्रा लगाउनेको संख्या ४६ हजार १ सय ५८ छ भने भेरोसेलको पहिलो मात्रा लगाउँनेको संख्या ६९ जहार ७ सय ८३ तथा दासो मात्रा १ हजार ६ सय ८८ रहेको छ ।
त्यसैगरी प्रदेशहरुमा सबै भन्दा बढि खोप लगाएको बागमति प्रदेशमा कोभिसिल्डको पहिलो मात्रा लगाउँने ४ लाख २१ हजार ४ सय ८२ तथा दासा्रे मात्रा लगाउने १ लाख ६० जहार ४ सय ९५ छ । त्यस्तै भेरोसेलको पहिलो मात्रा लगाउँनको सख्या ४ लाख ८७ हजार २६ तथा दुईमात्रा लगाउँने २ लाख ८९ हजार ४ सय ३१ रहेका छन् । यसरी सबै प्रदेशमा कोभिसील्डको पहिलो मात्रा लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ तथा दास्रो मात्र लगाउनेको सख्या ४ लाख ६० हजार ३६ रहेको छ । यसैगरी भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको संख्या ७ लाख ७७ हजार ५ सय २१ तथा दास्रो मात्रा लगाउनेको संख्या २ लाख ९८ हजार १० रहेको छ । साथै सरकारले असार २२ गतेबाट दास्रो भेरोसेलको पहिलो मात्रा लगाएका लाई दास्रो मात्रा खोप दिने जनाएको छ ।
नेपालले हालसम्म भारतबाट अनुदानमा ११ लाख, खरिद प्रक्रियाबाट १० लाख र विश्वव्यापी खोप वितरण अभियान कोभ्याक्समार्फत् ३ लाख ४८ हजार कोभिशील्ड खोप प्राप्त गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामको एक मात्र विकल्प खोप नै मानिदै आएको छ । तर भारतबाट कोभिशील्ड खोप नआएकाले पहिलो मात्रा लगाएका १३ लाख जनाभन्दा बढीले अझै दोस्रो मात्रा खोप पाएका छैनन् । साथै सरकारले खोप ल्याउनका लागि प्रभावकारी कदम पर्याप्त चालेको देखिदैन ।
News Desk 0 response सोमवार, असार २१, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३





