• काठ्माडौको पिङग्लास्थान स्थित प्यारागन विद्यालयमा अभिभावकले प्रदर्शन गरेका छन् । बिद्यालयले अनावस्यक सुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन ।

    काठ्माडौको पिङग्लास्थानको प्यारागन विद्ययालय पूर्व सभासद गीता राणा र बीना बानुद्वारा संचालन गरिएको यो विद्यालय पटक पटक विवादमा आईरहन्छ । यसपटक पनी प्रभावकारी पढाई नभएको र निषेधाज्ञाको समयमा पनि अनावस्यक शुल्क लिएको भन्दै सोमबार अभिभावकले विद्यालय परिसर मै विरोध जनाएका छन् ।

    कोरोना महामारीका कारण सबै गतिविधि ठप्प रहेको बेला अभिभावकलाई मार पर्ने गरी शुल्क नबढाउन सरकारले विद्यालयहरुलाई आग्रह गर्दै आएको छ । तर प्यारागन विद्यालयले शुल्कको नाममा मनोमानी गरेको अभिभावकहरुको गुनासो छ ।

    प्यारागन विद्यालयमा अभिभावकहरुले विरोध गरेको एउटा उदाहरण मात्र हो । निषेधाज्ञाका बेला अनलाइन माध्यमबाट अध्यापन गरेको भन्दै निजि विद्यालयहरुले मनपरी शुल्क लिदै आएका छन । यस्तोमा सरकारले एउटा ठोस निर्णय गर्न आवस्यक देखिएको छ अन्यथा प्यारागनमा भएको अन्य विद्यालयमा नहुने भन्न सकिन्नन ।

    त्यसैगरि विद्यालयमा भएको अभिभावको प्रदर्शनको समाचारसंकलन गर्न गएका एभिन्यूज खबरका पत्रकार शितल रिजाल र क्यामरापर्सन सुरेश रजक,त्यतै प्राईम टिभिका दिपक अर्यालमाथी दुरव्यवहार तथाथ हातपात गर्दै क्यामरा समेत तोडफोड गरेका छन । यता नेपाल पत्रकारमहासंघले समाचार संकलनमा रहेका पत्रकारहरुमाथी भएको यो घटनाको निन्दागर्दै कारवाहिको माग समेत गरेको छ ।

4565