• यस वर्ष मनसुन सुरु भएसँगै आएको बाढीपहिरो तथा डुबानमा परी शनिवारसम्ममा ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना पुरुष, १२ जना महिला तथा ७ जना बालबालिका रहेका छन् ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोकका ५, डोटीका ४, रोल्पा र गोरखाका ३–३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटका २–२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना रहेको गृह मन्त्रालयले जनाएको छ । सोही अवधिमा बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन् ।

    सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना बेपत्ता भएका हुन् । बाढीपहिरो र डुबानमा परी सोही अवधिमा ५० जनाभन्दा बढी घाइते भएका छन् । बाढी पहिरोमा परेका १ हजारभन्दा बढीको विभिन्न ठाउँबाट उद्दार गरिएको मन्त्रालयले जनाएको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्चीसहित तराईका विभिन्न जिल्लामा करोडौँको भौतिक संरचनामा क्षति पु¥याएको छ ।

4565