• सिरहास्थित कमला नदीमा बनाइएको पुल भासिएको विषयमा प्रदेश २ सरकारले छानवीन समिति बनाउने भएको छ । पुल निरिक्षणका लागि सिरहा पुगेका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले पुल भासिएको विषयमा छानबीन समिति गठन गरिने बताएका हुन् ।

    यो पुल हुलाकी राजमार्ग खण्डमा महत्वपूर्ण पुल मानिन्छ । मन्त्री यादवले प्रदेश सरकारकै लगानीमा पुल निर्माणको काम गरिने दाबी पनि गरे । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्ग निर्माणाधीन पुल भासिएको छ भने स्ल्याब पनि खसेको छ । २०६८ सालदेखि पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डस् जेभीले निर्माण गरिरहेको पुल उद्घाटन नहुँदै भासिएको हो । पुल २४ करोड ६२ लाख रुपैयाँमा ४२ महिना लगाएर निर्माण गरिएको हो ।

4565