-
प्रधानमन्त्री केपी ओलीले कोरोना विरुद्धको चाहेजति खोप छिट्टै आउने दाबी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनले खोप ल्याउन अवरोध गरेको आरोप पनि लगाए । विपक्षीको अवरोधका बाबजुद अब कोरोना भाइरस विरुद्धको खोपको अभाव हुन नदिने उनले दाबी गरे ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने आइतबारदेखि नै चाहेजति खोप नेपाल आउने दाबी गरेका हुन् । उनले विपक्षी गठबन्धनका नेताहरुले खोप ल्याउन अवरोध पु¥याएको आरोप समेत लगाए ।
प्रधानमन्त्री ओलीले देशभित्रको प्रगतिशिल शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरु भइरहेको बताए । उनले देशलाई अनुशासनहिन, उछृखंल र सामाजिक सभ्यताहरुको उल्लंघन गरेर स्तरहिन प्रवृत्तितर्फ धकेल्न खोजिएको बताए । उनले जनताको बीचमा एमालेको साख गिराएर आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको टिप्पणी गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भइरहेकोमा चित्त दुखाउँदै प्रधानमन्त्री ओलीले निकृष्ट तहमा ओर्लिएर राष्ट्रपतिलाई गाली गलौज, अपमान र झुठा लाञ्छना लगाएर समाजलाई असभ्य बनाउन खोजिएको जिकिर गरे ।प्रधानमन्त्री ओलीले निषेधाज्ञा तोडेर राजनीतिक दलहरु पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
News Desk 0 response शुक्रबार, असार १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३
-
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





