-
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि आकांक्षीहरुको होडवाजी चलेको छ । पहिलो र दोश्रो पुस्ताका सबै जसो नेताहरु सभापति बन्न कस्सिएका छन । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा दोस्रो पुस्ताका नेताहरु बिच तिब्र प्रतिष्प्रर्धा देखिएको छ ।
नेपाली कांग्रेसमा सभापति देउवा र पौडेल पहिलो पुस्ताका मानिन्छन । उनीहरु ७० वर्षमाथिको उमेर समूहमा छन् । त्यसैगरि ७० वर्ष नजिकको उमेर समूहका नेताहरुले पनि सभापतिमा आकांक्षा देखाइरहेका छन् । उपसभापति विमलेन्द्र निधि, ममहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, सुजता कोइराला, गोपालमान श्रेष्ठ, शेखर कोइराला लगायतले पनि सभापति पदमा उमेदवार बन्ने दाबि गरिरहेका छन् ।
अहिले ज–जसले आफूलाई सभापतिको उम्मेदवारका लागि प्रस्तुत गरेका छन् । उनीहरु सवैलाई आफ्नो बढ्दो उमेर र उदाउदै गएको पछिल्लो पुस्ताले विस्थापन गर्ने डर छ । अबको पाँच वर्षपछि हुने १५ औं महाधिवेशनमा उनीहरु उमेरका कारणले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आउन सक्छ । त्यसैले भदौमा हुने महाधिबेशनमा तिब्र प्रतिष्प्रधा हुने देखिन्छ । सभापति देउवासहित वरिष्ठ नेता पौडेल, डक्टर महत, सिटौला र केसी गरी पाँचजना सभापतिका आकांक्षी ७० वर्ष कटिसकेका छन् ।
उपसभापति निधि, महामन्त्री डक्टर कोइराला, सिंह, डा।कोइराला र सुजाता ७० बर्ष आसपासमा छन् । कांग्रेसको संस्थापक पुस्ता जीवित छैन । अहिले कांग्रेसको नेतृत्व गरिरहेका सभापति देउवा, वरिष्ठ नेता पौडेल २०२७ सालदेखि उदाएको पुस्ता हो । देउवा र पौडेल दुवैजना नेविसंघको संस्थापक हुन् । निधि र सिंह, डा महत, केसीका पुस्ता ०३६ सालको हो भने बालकृष्ण खाँड, एनपी साउद, चन्द्र भण्डारीहरु ०४६ सालका हुन् ।
गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा र गगन थापाहरु २०६२-०६३ सालबाट राजनीतिमा उदाएका हुन । आसन्न १४ औं महाधिवेशनमा पहिलो र दोश्रो पुस्ताका नेताहरुले सभापतिमा आकांक्षा देखाएका छन् । यो पुस्ताकै हाराहारीमा उमेर भएका डा शशांक, डा शेखर र सुजाता कोइरालाले पनि सभापतिमा दबि गरिरहेका छन् । कांग्रेसमा अहिलेसम्म पनि २०३६ र २०४६ सालमा उदाएको पुस्ता छाँयामा छ ।
२०३६ सालदेखि २०४६ सालसम्म उदाएको पुस्ता अहिले नेपाल विद्यार्थी संघको संस्थापक पुस्ता र २०६२-६३ को आन्दोलनलदे जन्माएको पुस्ताको चेपुवामा परेको छ । २०३६ र २०४६ सालमा उदाएको पुस्ताले १५ औं महाधिवेशनमा २०६२-६३ को आन्दोलनबाट उदाएको पुस्ता नेतृत्वका लागि जबरजस्त दाबी प्रस्तुत गर्ने आँकलन गरिएको छ । २०३६ र २०४६ सालमा उदाएको पुस्ता र सोही उमेर समुहमा रहेका नेताहरुले यस पटक आए आँप गए झटारोको नीति लिएका देहिन्छ ।
News Desk 0 response शुक्रबार, असार १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





