• सिरहा–धनुषा जिल्ला जोड्ने निर्माणधीन कमला पुल भासिएको छ । कमला नदीमा पानीको बहाब वढेसँगै सिरहा नगरपालिका ६ बसपिट्टा नजिक निर्माणधिन पुल भाँसिएको छ ।

    पुलमा जम्मा १२ वटा स्पान रहेकोमा सिरहातर्फबाट स्पान नम्बर २ करिब २ फिट तल भाँसिएको छ । ४ सय ७० मिटर लम्बाईको कमला नदीमा २०६८ सालबाट पुल निर्माण थालिएको छ । पप्पु लुम्बनी जेभिले निर्माण थालेपनि काम सुस्त भएपछि विगत ३ वर्षदेखि लुम्बिनी कन्स्ट्रक्सनले काम गर्दै आएको छ ।

    यसैबीच, नदीमा पानीको बहाब वढेपछि कमला नदीको तटीय क्षेत्रमा स्थानीय प्रशासनले एलर्ट जारी गरेको छ । कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको कमला नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रह्न प्रशासनले आग्रह गरेको हो ।

4565