• कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीया गोमा अधिकारीको मृत्यु भएको हो ।

    दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटोमा खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको थियो । लगत्तै चालकले भागेर ज्यान जोगाएका थिए भने बिरामी अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइउको छ । पहिरोले एम्बुलेन्सलाई करिब एक सय मिटर तल बगाएको छ ।

4565