-
यो घटना उदयपुरको बेलका नगरपालिकाको हो । हजारौ मानिसले बर्षौंदेखि बस्दै आएको आप्mनो थातथलो छाड्नुपर्ने गरी भित्रभित्रै कबुलियत वनमा पारिएपछि आन्दोलन भयो र त्यो आन्दोलन भड्किएको अवस्था हो । आन्दोलन भड्किदा प्रहरीतर्फ ७ जना र आन्दोलनकारीतर्फ दर्जनबढी घाइते भए भने ठूलोमात्रामा नगरपालिका र सवारी साधनको क्षती भएको छ । त्यसो त त्यही सभाहलभित्र रहेका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायतका जनप्रतिनिधी, केही राजनीतिक दलका नेता र सुरक्षा प्रमुखसमेतलाई ज्यान जोगाउन हम्मेहम्मे परेको थियो ।
बेलकाको वडा नं. ३ को अधिकांश भुभाग तथा वडा नं. ९ र ८ को केही भुभाग गरी सयौं हेक्टर जमिनलाई सरकारले गत जेठ ६ गते त्यहाँका हजारौं घरधुरीको थाहै नपाई उठिबास हुनेगरी कबुलियत बनको रुपमा निर्णय गर्यो । सरकारले बराहा हर्बल एण्ड एग्रो प्रालि सुनसरी लगायत दुईवटा कम्पनीलाई ३० वर्षका लागि कबुलियत बन प्रदान गरेको हो ।
एक त स्थानीयलाई थाहै नदिइ कबुलियत बनमा पारियो, अर्कोतर्फ बराहा हर्वल एण्ड एग्रो प्रांलि.का संचालक निलहरी काप्mलेले दादागिरी शैलीमा स्थानीयलाई दुःख दिन थालेपछि, प्रहरी लगाउनेसम्मको धम्की दिदै बस्ती उठाउन थालेपछि स्थानीय आन्दोलित भएको देखिन्छ । कबुलियत बन तत्काल खारेज गर्न र लेमनखेती गर्ने नाममा जग्गा ओगट्न आएको कम्पनीहरुको खारेजीको माग गर्दै स्थानीय सरकार र इलाका प्रहरीलाई गुहारेको देखिन्छ ।
कतैबाट चित्त बुभ्mदो सम्बोधन नभएको अवस्थामा हिजोदेखि आन्दोलन भड्किएको अवस्था छ । नगरपालिकामा तोडफोड हुनुअघि इलाका प्रहरी कार्यालयमा बराहा हर्बल प्रालिका संचालन निलहरी काप्mले र स्थानीय आन्दोलनरत पक्षबीच छलफल हुने भनिएको थियो । स्थानीय जम्मा त भए तर निष्कर्षविहिन भएपछि समस्या हलको माग राख्दै नगरपालिका पुगेका थिए । कबुलियत वनका लागि सिफारिस दिएको भन्दै नगरपालिकामा आक्रोस् पोखेको भिडले मेयरसंग प्रतिबद्धताको अपेक्षा राखेको आन्दोलनरत पक्षको भनाई छ । मेयर थापाले पनि सम्बोधन गर्ने तयारी गरेकोमा ढिलाई भएपछि विचैमा आन्दोलन भड्किएको थियो । आन्दोलनरत पक्षलाई बार्तामा बोलाउन गएका एक वडासदस्य रंजित राईमाथि हातपात भएसंगै प्रहरी र सशस्त्र प्रहरीको टोलीले आन्दोलनकारीलाई पछाडी हटाउन खोज्ने क्रममा एक्कासी आन्दोलन भड्किएको थियो ।
ठूलो संख्यामा रहेका आन्दोलनकारीको ढुंगामुढाले सभाहल क्षतविक्षत बन्नुका साथै त्यसभित्र रहेका मानिसहरुको जीवन असुरक्षित भएको र बाहिरको अन्य ब्यक्तिगत तथा नगरपालिकाको सम्पत्तिमासमेत क्षती पुर्याउन थालिएपछि प्रहरीले भित्रैबाट केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । कर्मचारीहरुको निजि सवारी साधन कार, मोटरसाईकलमा पनि क्षेती पुगेको छ ।
स्थानीयको जनजिविकासंग जोडिएको विषयलाई समयमै गम्भिररुपले सम्बोधन हुन नसक्दा यस्तो स्थिति उत्पन्न भएको देखिएको छ ।कबुलियत बन बनाउन जनताको जनजिविकामाथि ठूलो अन्याय गर्नु हो भन्दै बेलका स्थित विभिन्न पाँच राजनीतिक दलहरुले आन्दोलनमा एक्याबद्धता जनाएका छन् । नगरपालिकाले सिफारिस दिएको कुरा ढाट्न खोजेको आरोप लगाएका छन् ।
News Desk 0 response बिहिबार, असार १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





