-
१६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् । युरोकपको नकआउट चरण अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै छन् । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
आजको खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । नेदरल्यान्ड्सले समूह ’सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो । चेक रिपब्लिकले भने समूह ’डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो ।
समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । आजै हुने दोस्रो खेलमा स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२ः४५ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । बेल्जियम समूह ’बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो । बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २–१ ले हराएको थियो ।
यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले हराएको थियो । पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह ’एफ’ बाट नकआउट चरणमा पुगेको हो । साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।
News Desk 0 response आइतवार, असार १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





