• गृह तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताएका छन । शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता र देशलाई निकास दिन सरकारलाई ताजा जनादेशमा जानु पर्ने बाध्यता सिर्जना भएको बताएका हुन । पौंडेलले अनेकौ समस्याका बीच पनि सरकारले विकासका कामलाई प्राथमिकता दिएको बताए ।

    कालीगण्डकी नदीको राम्दी पुलदेखि २ दशमलव ३ किलोमिटर तल रहेको रम्भा गाउँपालिका–३ बाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ–३ दोभानमा पानी पुर्याउने योजना छ । सुरुङ मार्फत ८२ घनमिटर प्रतिलिटर पानी ल्याएपछि दोभान ड्याम निर्माण गरी ५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने दोभानबाट ७ किलोमिटर सुरुङहुँदै रुपन्देहीको बुटवल उपमहानगर–१३ बेलबासमा पानी पुर्याएर ७२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

4565