• प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान विरुद्धको कदमको मात्र आफूले बिरोध गरेको दाबी गरे । नेपालका केहि पूर्वप्रधानमन्त्रीहरुले विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले नीति निर्माणको तहमै हात हाल्नुस् भनेर विदेशीलाई खुलेआम भन्ने गरेको जिकिर गरे ।

    त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त गरे । भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको उनको टिप्पणी छ । राष्ट्रपतिलाई दिएको अधिकारमा सिमित रहेको भन्दै उनले गणतन्त्र प्रतिको वैरभावका कारण राष्ट्रपतिविरुद्ध अनावश्यक टिकाटिप्पणी भएको हुनसक्ने दाबी गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण गरेका थिए । त्यस्तै पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको तीन बर्षे कार्यकालमा सरकारको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा गरिएको सम्बोधन समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

4565