-
सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई कम्तिमा कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप दिने लक्ष्य राखेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले असोज मसान्तसम्म कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिइसक्ने बताएका हुन् ।
उनले लक्षित जनसंख्यालाई सके दुबैमात्रा नसके पहिलो मात्रा मात्रै खोप दिन सकेमा मात्र कारोना सक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताए । उनले यसका लागि १ करोड ५० लाख डोज आवश्यक पर्ने बताउँदैे आवश्यक खोपको अर्डर गरिएको जानकारी समेत जानकारी दिए । समयमै खोप उपलव्ध नहुँदा खोप अभियान सुरु भएको ५ महिनामा जम्मा २५ लाख ५६ हजार १ सय २९ जना अर्थात ८ दशमलब २ प्रतिशत जनसंख्याले पहिलो मात्रा र ७ लाख ४५ हजार ६ सय ७० अर्थात २ दशमलब ३ प्रतिशत जनसंख्या मात्रैले दुबै मात्रा खोप पाएका छन् ।
यसैबीच सरकारले कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा खोप दिन लागेको हो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।
News Desk 0 response शुक्रबार, असार ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३