• नेपालमा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४ हजार ९ सय ९७ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जनामा संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख ५९ हजार ३ सय ६५ पुगेको छ । हाल देशभर ४९ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कूल संख्या ८ हजार ९ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना मुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना मुक्त हुनेको कूल संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९० दशमलव ७ प्रतिशत पुगेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३३ लाख २ हजार ७ सय ४९ वटा नमुना पीसीआर विधिबाट र १ लाख ६१ हजार ५ सय ४२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565