-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिध्याउन हिडेको आरोप लगाएकाछन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले संविधान र लोकतन्त्र सिध्याउने ओलीको कदमलाई राष्ट्रपतिले रबर स्ट्याम्प बनेर साथ दिइरहेको आरोप समेत लगाए । उनले कांग्रेस दक्षिणपन्थी नभएको र प्रधानमन्त्री ओली पनि वामपन्थी नभएको बताए । प्रचण्डले लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने स्पष्ट पारे ।
त्यस्तै उनले प्रधानमन्त्री ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे ।अहिले सत्य र असत्यको बीचमा लोकतन्त्र र अराजकतन्त्रको बीचमा राष्ट्रियता र राष्ट्रघातको बीचमा लडाँइ चलिरहेको बताउदै प्रचण्डले सत्य र राष्ट्रको हितमा लाग्न आग्रह पनि गरे । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने उनले बताए ।
प्रचण्डले राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि गठबन्धनको साझा एजेण्डा रहेको जानकारी दिए ।
News Desk 0 response बिहिबार, असार १०, २०७८
एक अर्को प्रसंगमा नेताहरुलाई आकाशबाट तुरुन्तै झार्न नसकिने भएकाले हामीनै अहिलेका नेताभएकाले धोई पखाली गरेर भएपनी चलाउनु भर्ने भन्दै जनतालाई विश्वास गर्ने संकेत समेत गरेकाथिए । सोही समयमा बोल्दै ओलीको निरंकुश सैलीभन्दा बरु राजाहरुनै ठिक भएको जीकीरपनी गरे । उनको भनाईमा राजाहरुको भिन्नै सान त कमसेकम थियो भन्ने थियो ।
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





