• अधिवक्ता गोविन्द वन्दीले विश्वासको मतबाट वैशाख २७ मा फेल भएपछि ओलीले प्रधानमन्त्री बन्ने वैधानिकता गुमाएको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा प्रशस्त प्रश्न उठेको भन्दै बन्दीले राष्ट्रपतिले जसरी पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मानसिकता देखाएको बताए। १४९ जनाको हस्ताक्षर बुझाएका देउवालाई दाबी नपुगेको भन्ने अधिकार राष्ट्रपति भण्डारीलाई नभएको उनले बताए । ओली प्रधानमन्त्री नबने कोही पनि बन्न हुन्न भन्ने नियत राष्ट्रपतिको भएको उनको तर्क थियो।

    बहस सकाउँदै गर्दा अधिवक्ता बन्दीले भने, ‘मलाई त्यही केटी चाहिन्छ भन्ने गीत जस्तै राष्ट्रपतिले मलाई त्यही केपी प्रधानमन्त्री चाहिन्छ भनेजस्तो गर्नुभयो । त्यसकारण बहुमत दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश होस् ।’उनले इजलासमा भने।

    साथै उनले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतोको पत्र कार्यालय समय पछाडि दर्ता भएको र मध्यरातमा संसद भंग गरिएको बताए । उनले भने, ‘राष्ट्रपतिको नियत खराब देखियो, प्रधानमन्त्रीको दाबी राति नै किन खारेज गर्नुपर्ने के आइपर्यो ? राति निर्णय गर्नुपर्ने कारण के थियो ?

    प्रधानमन्त्रीमा दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा पेश गरेको सांसदहरुको हस्ताक्षर लिक भएको र यो राज्यविरुद्धको अपराध भएको अधिवक्ता बन्दीले बताए ।

4565