-
भारतले कोभिडविरुद्धको खोप नेपाललाई साउनको अन्तिम सातासम्ममा उपलब्ध गराउने भएको छ । नेपाल, बंगलादेश र श्रीलंकालाई सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड खोप प्रदान गर्ने भएको दी प्रिन्टले जनाएको छ । यसअघि नेपललले खरिद गरेको १० लाख डोज खोप नेपाल आयात गर्न बाँकी रहेको थियो ।
पहिलो चरणमा भारतले अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप दिएको थियो । त्यसलगत्तै नेपालले १० लाख डोज खोप भारतसँग खरिद गरेको थियो । जसमध्ये १० लाख खोप नेपालले प्राप्त गरेको थियो । हालसम्म नेपालले २१ लाख खोप प्राप्त गरेको छ । नेपाली सेनालाई १ लाख खोप पनि दिएको थियो ।
बाँकी १० लाख खोप उपलब्ध गराउन भारतलाई भुक्तानी दिएको भए पनि अहिलेसम्म प्राप्त गरेको छैन । नेपालले पटक पटक पत्र पठाएर आग्रह गर्दासमेत भारत सरकारले बेवास्ता गर्दै आएको थियो ।
भारत, विश्वको सबैभन्दा ठूलो खोप उत्पादक राष्ट्रपनी हो । गत २० जनवरीदेखि नै भ्याक्सिन मैत्री अन्तर्गत कोभिड खोप विभिन्न मुलुक पठाउन थालेको थियो । यद्यपि भारतमा खोपको अभाव हुँदा अप्रिलदेखि विदेश खोप निर्यातमा रोक लगाएको थियो । भारतले हालसम्म ६ करोड ६० लाख डोज खोप विदेशी राष्ट्रहरुलाई उपलब्द गराईसकेको छ ।
News Desk 0 response बुधबार, असार ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३