• आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    तीन जनाबाट विगो वाफत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको छ । उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका उनीहरुले बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

4565