• नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा संक्रमित हुनेको कूल संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थप ४१ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ८८ हजार ५३ वटा नमुना पीसीआर विधिबाट र १ लाख ५१ हजार ५ सय ९२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565