• पश्चिम नवलपरासीको पालिनन्दन र सरावल गाउँपालिका अन्तर्गत रहेका करिब आधा दर्जन गाउँको खेतमा जमेको पानीलाई निकास दिने काम नहुँदा हजारौ एकडमा लागाइएको धान बालि नष्ट हुने अवस्थामा पुगेको छ । सरवाव गाउँ पालिका वडा नम्बर ६ को धनेवा र झरहि खोलामा आएको बाढि खेतमा पस्दा धानखेत डुवानमा परेका छन् । स्थानीय सरकारले यी खोलामा बाँध बनाउनका लागि ठेक्का लगाएपनि काम नभएकाले आफुहरुको धानवाली डुबेको स्थानीय किसानहरुको गुनासो छ ।

    केन्द्र, प्रदेश र स्थानिय सरकारले बाढि आएको समयमा खोला पस्ने तर निकास नहुँदा पानी जमेर धानवाली नष्ट हुने अवस्थामा पुगेको हो । गत साताको अबिरल वर्षा र बाढिका कारण जमेको पानीको उचित निकास नहुँदा शंकरपुर, रामपुरावाँ , मुडेरा, पुसौलि, रामपुर खण्डौना, धनगढवाँ, मधवलियाँ लागयतको गाउँको हजारौ एकडमा लगाइएको धान बाली डुबेको छ ।

4565