• महाकाली नदिको बहाव कम भएसंगै डुबानमा परेका बस्तीको जनजिवन सामान्य हुन थालेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि दोधरा चाँदनी नगरपालिकाका वडा नम्बर १० र १२ का बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । अहिले पानीको बहाव कम भएपश्चात सबैजना आआफ्नो काममा फर्किएको जिल्ला शाखा रेडक्रस सोसाईटी दोधरा शाखाका प्रमुख रघुनाथ भट्टले जानकारी दिए ।

    यता महाकाली नदिमा जानीको सतह बढेपछि भुजेला खोलोले निकास नपाउदा १०-१२ परिवार डुबानमा परे लगत्तै उनीहरूलाई सुरक्षित स्थानमा सारिएको भिमदत्तनगरपालिका वडा १० का अध्यक्ष कृष्ण सिह देउवाले बताए । महाकाली नदिको निर्माणाधिन पुलले दोधरा चादनीसंगको जोड्ने अस्थायी रुपमा काम गरेको थियो ।

    तर सो पुलको पुर्वतिरको बाँध नदीले बगाएपछि आवत जावतमा टुटेको छ । महाकालिमा नदिमा बढेको पानीको उच्च बहाव र पुलको निर्माण सम्पन्न नभएकाले पुल भत्किएको आयोजनाका ईन्जिनियर किसोर राज पाण्डेले बताए । नदिको पुर्व तर्फ वन्न लागेका ३ वटा आईलेन्ड मध्ये १ आईलेन्डमा बाढिले क्षती पु¥याएको छ ।

4565