नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर ७ हजार १० वटा नमुना पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख ४५ हजार २ सय ९ पुगेको छ । जसमध्ये ६ लाख १९ हजार ६ सय ३५ जनाको पीसीआर र २५ हजार ५ सय ७४ जनाको एन्टिजेन विधबाट संक्रमण पहिचान भएको हो । हाल देशभर ५७ हजार ६ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ५ लाख ५३ हजार ३ सय ४२ जना कोरोना मुक्त भएका छन् । नेपालमा संक्रमित निको हुने दर ८९ दशमलव ३ प्रतिशत पुगेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ६२ हजार ५ सय ८९ वटा नमुना पीसीआर र १ लाख ३८ हजार ३ सय १३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।