-
लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले नदी आसपासका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको हो ।
सेती नदीमा पानीको बहाव ८ लशमलव ४ क्युसेक पुगेको छ । यो खतराको चिन्हभन्दा माथि हो । बाढी मापन केन्द्रका अनुसार ३ दशमलव ५ क्युसेक बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । बाढीले नदी आसपास धान रोपेका खेतमा कटान गर्न थालेको छ ।
बाढीका कारण जोखिम बढेको भन्दै प्रशासनले बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । साथै प्रशासनले नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरेको छ ।
News Desk 0 response शनिबार, असार ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३