-
सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै थुनिएको मर्स्याङ्दी नदी पूर्ण रुपमा खुल्न सकेको छैन । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी आज करिब आधाघण्टा थुनिएको थियो ।
यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिंगो चामेबजार उच्च जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ । नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीले ताल गाउँमा ३० घर, धारापानीमा ७ घर, पिसाङमा २ घरसहित जिल्लाभर ५५ घर भत्काएको छ ।
अहिलेसम्म मनाङमा ८ वटा झोलुङ्गे पुल, एउटा मोटरेवल पुल, ३ वटा काठको मोटरेवल पुल बाढीले बगाएको छ । बाढीका कारण मनाङमा एक गाउँबाट अर्को गाउँ जान समेत समस्या परेको छ ।
News Desk 0 response शनिबार, असार ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३