-
चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले थुनिएको रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति तामाकोशी नदीको सहायक खोला रोङसी पहिरोले थुनिएको हो । पहिरोले थुनिएर ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको बताइएको छ । धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर चिनियाँ पक्षले ताल फुटाउने काम गरिरहेको दोलखाको स्थानीय प्रशासनले जनाएको छ ।
चीनसँग सिमा जोडिएको ६० र ६१ नम्बर सीमास्तम्भ नजिकै पहिरो गएर खोला थुनिएको हो । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने र जोखिम कायमै रहेकाले सावधानी अपनाउन तामाकोसीको तटीय क्षेत्रका बासिन्दाहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । जुनसुकै बेला पहिरोले खोला थुनेर बनेको ताल फुटेर तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । ठूलो बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पनि पानी छाडिएको छ । तामाकोसी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको आयोजनाले जनाएको छ ।
News Desk 0 response शनिबार, असार ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३