• मनाङको उच्च हिमाली भेगमा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएका उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले उनीहरुको ४ दिनपछि उद्धार गरिएको हो ।

    अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएपछि उनीहरु संपर्कबिहीन भएका थिए । ताल्चेमा अलपत्र परेका ५५ जना, ओडारमा २८ र ताल गाउँका ३ जना अपाङ्गता भएका स्थानीयको पनि उद्धार गरिसकिएको प्रशासनले जनएको छ । मनसुनको सुरुमै आएको बाढी र पहिरोका कारण मनाङमा ठूलो क्षति भएको छ । मनाङको चामे, ताल गाउँ मर्स्याङ्दीको बाढीले डुबानमा परेका थिए ।

    बाढीका कारण मनाङमा १ हजार भन्दा बढी परिवार विस्थापित भएका छन् । बाढीका कारण मनाङबासी सडक, सञ्चार, खानेपानी र विद्युतविहीन बन्न पुगेका छन । बिहीबार राहत तथा स्थलगत निरीक्षणका लागि प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, विना विभागीय मन्त्री राजीव गुरुङ लगायतको टोली मनाङ पुगेको थियो ।

4565