• गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएका हुन् । विश्वासको मत पाएसँगै मुख्यमन्त्री पोखरेलको पद जोगिएको छ ।

    मुख्यमन्त्री पोखरेलको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५८ सांसदमध्ये ३१ मत परेको छ भने विश्वासको प्रस्तावको विपक्षमा २७ मत प¥यो । तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका उनले नियुक्त भएको एक हप्ता नपुग्दै विश्वासको मत मागेका हुन् ।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार चार दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि ६० सदस्यीय गण्डकी प्रदेशसभामा सांसद संख्या ५९ कायम छ ।

4565