• सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले गत मंगलबार राति आएको बाढीबाट पीडित बनेका स्थानीयलाई राहत तथा पुनःस्थापनाका लागि कोष स्थापना गरेको छ । नगरपालिकाले ५० लाख रुपैयाँ जम्मा गरेर राहत कोष सञ्चालनमा ल्याएको हो ।

    साथै नगरपालिकाले सूचना जारी गर्दै अन्य स्थानीय सरकार र सहयोगीहरुलाई उक्त कोषमार्फत सहयोग गर्न अपील पनि गरेको छ । संकटका बेला नगरपालिकाको सहयोग मात्रै पर्याप्त नहुने भन्दै नगरपालिकाले उक्त कोषमा योगदान गर्न सबै तहका सरकार र सहयोगी संस्थाहरुलाई अपील गरेको हो । मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो । बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पु¥याएको नगरपालिकाले जनाएको छ ।

4565