• सरकारले चिन र अमेरिकाबाट कारोना विरुद्धको खोप ल्याउने तयारी गरेको छ । सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कारोना विरुद्धको खोप ल्याउने तयारी गरेको हो ।

    अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । खोप दिन जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको बताईएको छ । साथै चीनको सीनोफर्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु गर्न लागिएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सरकारले इजरायलसँग पनि खोप खरिदका लागि संवाद गरिरहेको बताईएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले यसअघि बेलायत, जापान, चीन, रुस र अमेरिकी समकक्षीलाई खोप आपूर्तिमा विशेष पहल गर्न आग्रह गरेकी थिईन । यसैबीच, चीनबाट कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया तत्काल सुरु गरिने भएको छ ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार बसेको बैठकले सरकारले घोषणा गरे अनुसार चीनबाट ४० लाख मात्रा खोप किन्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको हो । ४० लाखमध्ये १० लाख मात्रा खोप यही महिना भित्र ल्याउने गरि प्रक्रिया अघि बढाइने सीसीएमसीका प्रमुख बालानन्द शर्माले जानकारी दिएका छन् ।

4565