• नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ७ सय ११ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ६८ र ४ हजार ७ सय ७३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ । हाल देशभर ६१ हजार ७ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ३९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ४१ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । नेपालमा संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ४८ हजार १० वटा नमुना पीसीआर र १ लाख २८ हजार १ सय ५९ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565