-
निरन्तरको वर्षाका कारण बाजुराको साँफे–मार्तडी, मार्तडी—कोल्टी लगायत जिल्लाका ग्रामीण क्षेत्रका दर्जनौँ सडक अवरुद्ध बनेका छन् । शनिबार देखी परेको लगातार वर्षाका कारण जिल्लाका दर्जनौँ ठाउँमा बाढी पहिरो गए पछि लामो तथा छोटो दुरीका यातायात पूर्ण रूपमा बन्द भएका छन् ।
बाढी पहिरोका कारण सदरमुकाम मार्तडीको सडक सञ्जाल टुटेको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत मौरे, बल्दे, अम्कोट, तिपाडा, ओलेना, नुनेपानी, लगायतका ठाउँ–ठाउँमा सडक अवरुद्ध छ । मार्तडी–कोल्टी सडक अन्तरगत अनाई, बाउली खोलामा पानीको बहाव बढेपछि यातायात ठप्प भएको छ ।
सडकहरु असोज कार्तिक यता सञ्चालनमा ल्याउन नसकिने यातायात व्यवसायीले बताएका छन् । बल्दे, आटिचौर सडक पनि अवरुद्ध छ । बुढिगंगा नगरपालिकाका ताप्रीसेरा बजार र आसपासका गाउँहरु र बडिमालिका दर्जन बस्तीहरु बाढि र पहिरोको उच्च जोखीममा परेका छन । बुढीगंगा नदीको बहाब बढे पछि छिमेकी जिल्ला अछाममा नदी किनारका बस्तीहरु पनि जोखिममा परेका छन । अछाममा बुढीगंगा नदी आसपासका बस्तीका सर्बसाधारणलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
News Desk 0 response बिहिबार, असार ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३