-
निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको एक गाउँमा २१ परिवार जोखिममा परेका छन् । जिल्लाको जलजला गाउँपालिका ८ लस्तीमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीय जोखिममा परेका हुन् । पहिरोको कारण सो ठाँउका २१ घर परिवार उच्च जोखिममा परेका छन् । तत्काल पहिरो नियन्त्रणमा सहयोग गरिदिन सम्वन्धीत निकायलाई स्थानियले माग गरेका छन् ।
पहिरो खस्न सुरु भएपछि २१ घर परिवारलाई आफन्त तथा अन्यत्रै बसाई सर्न भनिएको वडाध्यक्षले बताएका छन । नियन्त्रणको लागी वडासँग प्रयाप्त वजेट नभएको प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उनको भानाई छ ।
वर्षा बढ्दै गए पहिरोले बस्ती नै पुरिने खतरा रहेको छ । सोही पहिरोको कारण गण्डकी प्रदेशको राजधानी पोखरावाट म्याग्दी तथा मुस्ताङ जाने आउँने सवारी साधन जोखिम मोलेर ओहोरदोहोर गरिरहेका छन् । त्यस्तै वर्षाको कारण जलजला गाउँपालिका ७ धाईङमा पनि करिव ३१ घरपरिवार विस्तापित भएका छन् । स्तरोन्नतीको चरणमा रहेको मिलचोक सल्यान धारापानि सडकका कारण धाईरिङको किराखोरमा रहेको सिगो दलित वस्ती पनि पहिरोको जोखिममा परेको छ । पहिरोबाट विस्तापित भएकालाई हाल अमर आधारभुत विद्यालयमा राखिएको छ ।
News Desk 0 response बिहिबार, असार ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३