-
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सात जनाको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल, प्रहरी र जनप्रतिनिधिले ७ जनाको शब फेला परेको जनाएका छन ।
मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–२ का ३३ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्र्षीय समुन्द्र नेपाल रहेका छन् ।
एक जनाको सनाखत हुन बाँकी रहेको छ । मंगलबार साँझ मेलम्चीमा आएको बाढीले हेलम्बुमा जनधनको क्षति पुर्याएको हो । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चार वटा पुल बाढीले बगाएको छ । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले प्रभावित क्षेत्रमा उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
News Desk 0 response बुधबार, असार २, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३