• सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए ।

    उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

4565