-
अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण भौतिक तथा मानवीय क्षतिसमेत भएको छ । उद्दारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी तीनवटै सुरक्षा निकाय खटिएका छन् ।
मस््र्याङ्दी नदीमा आएको बाढीका कारण मनाङका ४८ घर डुबानमा परेका छन् । नासों गाउँपालिका–१ तालगाउँका ४८ घर डुबानमा परेका हुन । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढीले सदरमुकाम चामेको हुलाक कार्यालयसहित ५ घर घट्टेखोलाको बाढीले बगाएको छ । ५ घर डुबानमा परेका छन् । चामे–१ तिमाङ खोलाको बेलिब्रिज पनि बगेको छ । ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् आयोजना पनि बाढीले बगाएको छ ।डोटीमा पहिरोमा बगाएर एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन । मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन् ।
म्याग्दीमा पनि ४० घरपरिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिका–५ धस्केखोरियामा पहिरोले ९ घरमा क्षति पु¥याएको छ । बेनी नगरपालिका–४ का १३ परिवार पनि विस्थापित भएका छन् । पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले पुरिएर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको छ ।बाढीका कारण पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन । गैंडाकोट–२ का ३५ घर र कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल गरी ४० घर डुबानमा परेका हुन् ।
पहिरोका पर्वतको कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । सेतीबेणी बजारका केही घरहरु बाढीका कारण डुबानमा परेका छन् ।उता दाङस्थित राप्ती नदिको टापुमा १९ घण्टादेखि फसेका चार जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । अबिरल बर्षासँगै बाढी आएपछि करिब ५० वटा गाईबस्तु सँगै उनीहरु अलपत्र परेका थिए ।
बागल्ङमा राजमार्ग र पक्की पुल बाढीले बगाएको छ । बागलुङ नगरपालिका–१ मा रहेको कोेठेखोला पुल बाढीले बगाएको छ । बागलुङ नगरपालिकाको बलेवाक्षेत्र जाने सडकमा यातायात अवरुद्ध भएको छ । बाढीले औद्योगिक क्षेत्र कालीगण्डकीको कटान सुरु गरेको छ । बाढी पहिरोका कारण बस्ती जोखिममा परेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
रुपन्देहीका विभिन्न बस्तीहरुमा पनि बाढी पसेको छ । तिनाउ नदी किनारका मर्चवार, देवदह, तिलोत्तममा बाढी पसेको हो । बाढीले कास्कीमा बन्दै गरेको सुपर मादी हाइड्रो पावरमा क्षति पुगेको छ । २ वटा स्काभेटर, एक वटा ट्रिपर, हाइड्रोका अन्य सामनहरु बाढीले बगाएको छ ।
कास्कीमा७ घर परिवार विस्थापित भएका छन । कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् भने २४ जना बिस्थापित भएका छन ।
डडेल्धुरामा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक क्षेत्र घटालथानडुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाले डुबानमा परेको हो । बाजुरा र अछाम हुदै बग्ने बुढीगंगा नदिमा आएको बाढीले आसपासका बस्तीमा जोखिम बढेको छ । बाजुराको त्रिबेणीमा पहिरोका कारण नदी थुनीने डरले स्थानीयहरु रातभर जाग्राम बस्ने गरेका छन ।
News Desk 0 response बुधबार, असार २, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





