• नेपालमा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ४ सय ४९ जनाको पिसिआर गर्दा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख १२ हजार २ सय २ पुगेको छ । देशभर हाल ६३ हजार २ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय ८७ जना संक्रमित निको भएका छन् ।

    योसँगै हालसम्म ५ लाख ४० हजार ४ सय ३९ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६ सय १२ वटा नमुना पिसिआर र १ लाख १९ हजार ५१ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको छ ।

4565