• यता लगातारको वर्षाले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएको छ । देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । पानीको सतह बढेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ ।

4565