-
प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । चौतर्फी विरोध भएपछि वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् ।
बिहीबारको प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री केपी ओलीले सत्ता बचाउन जे कुरामा पनि सम्झौता गरिराखेको भन्दै यो समयमा यदि ओलीलाई यसरी नै छोड्ने हो भने देशै खाइदिने बताएका थिए । त्यसैले यो देश बचाउन नाथुराम गोड्से आवश्यक परेको र कोही नाथुराम गोड्से बन्न तयार नभए आफै बन्ने घोषणा गरेका थिए ।
उनको अभिव्यक्तिलाई लिएर चौतर्फी दबाब बढ्दै गएपछि वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका थिए । साथै वैद्यले आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह पनि गरेका थिए । अभिव्यक्ति फिर्ता लिँदै प्रदेश शनिबारको सभा बैठकमा वैद्यले प्रधानमन्त्रीप्रति मेरो रिसइवी नभएको र महात्मागान्धी र अहिंसाको सिद्धान्तलाई असाध्यै मान्ने, अनि वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने व्यक्ति आफू भएको बताएका थिए ।
सभामा लिखित मन्तव्य राखेको वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हाम्रो देशमा जुन किसिमको प्रवृत्ति देखिन्छ । जुन किसिमको उनको क्रियाकलापहरु देखिन्छ । जुन किसिमले उनले आफ्नो सत्ता बचाउनका लागि, आफ्नो सिट बचाउनका लागि जुनसुकै हथकण्डा अपनाएको देखिन्छ । जुनसुकैसँग सम्झौता गरेको देखिन्छ । त्यो कुराबाट असाध्यै भावावेगमा आएर आफ्नो कुरा पोख्ने सिलसिलामा आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गरेको जस्तो गरेको अनुभव गरेको प्रष्टिकरण दिएका थिए ।
अभिव्यक्तिलाई लिएर विभिन्न पार्र्टीका नेता तथा कार्यकर्ताले कारबाही गर्न माग गरेका थिए । एमालेले प्रधानमन्त्रीको हत्याको धम्की दिएको भन्दै भत्र्सना गरेको थियो । उनकै दल नेपाली कांग्रेसले पनि अराजक अव्यिक्ति भएको भन्दै फिर्ता लिन निर्देशन दिएको थियो ।
News Desk 0 response शनिबार, जेष्ठ २९, २०७८
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३