-
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ वटा नमुना परीक्षण गर्दा २ हजार ७ सय ९ र एन्टिजेन विधिबाट ५ हजार ५ सय ८४ वटा नमुना परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख ४ हजार ३ सय ९६ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५५ पुगेको छ । हाल देशभर ७५ हजार २ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ । सोही अवधिमा ५ हजार २ सय २५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ९ सय २१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ६३ र भक्तपुरमा ५६ जना संक्रमित थपिएका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





