• विश्व बैंकले आर्थिक वर्ष २०२१–२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०२२–२३ मा अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

    नेपालको आर्थिक वृद्धिको पछिल्लो अनुमान सन् २०२०–२१ मा प्रक्षेपण गरिएभन्दा २.१ प्रतिशत र २०२१–२२ मा १.४ प्रतिशतले बढी रहेको समेत उल्लेख छ । यसैगरी सन् २०२१–२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२–२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।

    दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ । प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी हो । सन् २०२१ मा विश्वको आर्थिक विकास ५.६ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । तर कोभिड–१९ को आगामी लहरहरु, आर्थिक तनाव र उच्च ऋणको कारण विश्व अर्थतन्त्रमा जोखिम कायमै रहेको निष्कर्ष पनि विश्व बैंकको छ ।

4565