• भक्तप्रको सूर्यविनायक नगरपालिकामा खोप लगाउने कार्य अवरूद्ध भएको छ । नगरपालिका वडा नम्बर ५ स्थित कटुञ्जेस्थित स्वास्थ्य चौकीमा उमेर समूहमा नपरेका युवा पनि लाइनमा बसेर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेपछि खोप अभियान अवरूद्ध भएको हो । स्वास्थ्यकर्मी र स्वयंमसेवकलाई दुर्व्यवहार गर्दै केही युवाहरु खोप लगाउन लाइनमा बसेपछि बिबाद भएको थियो ।

    युवाहरुले आफुहरुलाई खोप लगाउन भन्दै जबरजस्ती गरेको बताईएको छ । बिबाद बढे पछि जिल्ला स्वास्थ्य कार्यालयको निदेर्शनमा खोप अभियान स्थगित गरिएको थियो ।

4565