-
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मतदानमा उनले विश्वासको मत प्राप्त गरेका हुन । मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए । मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने विपक्षमा ९ जनाले मतदान गरे । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका अध्यक्ष केपी ओली पक्षका ७ सांसद छन् । मतदानमा कांग्रेसका १२ जना सांसद भने तथष्ट बसे ।
माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् । मतदान अघि प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री भट्टले अहिलेको मुख्य चुनौति ब्यबस्थालाई कसरी बचाउने भन्ने रहेको बताए ।
जनताले काम गर्नका लागि पाँच बर्षको समय दिएको र उक्त समयलाई अधिकतम सदुपयोग गर्ने भट्टको भनाई थियो ।
News Desk 0 response मङ्लबार, जेष्ठ २५, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३