• नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ हजार ७१ वटा नमुनाको पीसीआर तथा तीन हजार २ सय ६२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा तीन हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९९ जनाको मृत्यु पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइताबर जनाएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको जनाइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ । काठमाडौं उपत्यकामा एक हजार १ सय ३१ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौंमा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २ सय ५४ जना नयाँ संक्रमित थपिएका हुन् ।

4565