-
उपप्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको अभिव्यक्तिले राजेन्द्र महतो विवादमा तानिएका छन् । शुक्रबार राष्ट्रपतिसँग शपथ खाए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने क्रममा महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि आन्दोलन गर्ने बताएका थिए । महतोले बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारीका लागि पार्टीले सरकारमा जाने निर्णय गरेको अभिव्यक्ति दिएका थिए । महतोको अभिव्यक्तिलाई लिएर सत्तारुढ दल एमालेका नेताहरुले आपत्ति जनाएका छन् ।
नेता वामदेव गौतमले महतोको अभिव्यक्ति संविधानविपरीत रहेको भन्दै आपत्ति जनाएका छन् । गौतमले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने कुरा सुन्दा आफू अत्यन्त दुखी भएको बताएका छन् । उनले नेपाल एउटा मात्रै राष्ट्र भएको भन्दै महतोले भनेको कथित आन्दोलनले नेपाललाई विघटन गर्ने मनसाय राखेका उल्लेख गरेका छन ।
नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने भन्दै गौतमले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको अनभिज्ञता झन् आश्चर्यजनक भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । अर्का नेता योगेश भट्टराईले पनि फेसबुक स्टाटसमार्फत महतोको अभिव्यक्तिको आलोचना गरेका छन । उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूनिकट जिल्ला पदाधिकारीसँगको भर्चुअल वैठकमा राजेन्द्र महतोको अभिव्यक्ति जातीय द्वन्द्व चर्काएर नेपाललाई जातजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना रहेको भनी आलोचना गरे ।
News Desk 0 response शनिबार, जेष्ठ २२, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





