• कोरोना संक्रमण घट्दै गएपछि वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।

    महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु मास्क साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर, भौतिक दुरी र ज्वरो नाप्ने कार्य अनिवार्य पालना गर्न पर्ने छ ।

    असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गते पछि नियमति रुपले पठनपाठन सुरु गर्न पत्रमा उल्लेख छ । वीरगञ्ज महानगरमा निजी र संस्थागत करिब २०० विद्यालय छन् ।

4565