-
रूपन्देही जिल्लाको देवदहको घोडाह खोला क्षेत्रमा अन्धधुन्द नदिजन्य पदार्थको दोहन भएको छ । देबदह नगरपालिकाले आम्दानीका नाममा नदिजन्य पदार्थको ठेक्का दिएपनि अनुगमन हुन नसक्दा नदि क्षेत्रमा मापदण्ड बिपरीत उत्खनन भईरहेको छ ।
घोडाहा खोलामा बिहानैदेखि साझ अबेरम्म टिप्परहरुले नदीजन्य पदार्थ ओसारी रहेका छन । निषेधाज्ञाको बेला जनप्रतिनिधिकै संलग्नतामा नदिजन्य पदार्थको चरम दोहन र्भरहेको स्थानियको भनाई छ । प्राकृतिक सम्पदा नदिजन्य पदार्थको यसरी अन्धधुन्द उत्खनन र ओसार पसार हुनुमा नगरपालिाकाकै कमजोरी रहेको छ उनीहरुको भनाई छ ।
दर्जनौ टिप्परले यो क्षेत्रमा गएको बैशाखको दोस्रो हप्तावाट नदिजन्य पदार्थ ओसारपसार गर्न थालेका हुन । यस क्षेत्रमा नदिजन्य पदार्थको मापदण्ड विपरीत उत्खनन, ओसारपसा र विभिन्न ठाउमा डम्पिङ हुदा पनि स्थानिय प्रशासन मौन छ । यसमा नगरका पदाधिकारी र ठेकेदारको साझै मिलेमतो भएको देखिन्छ । सेटिङका आधारमा काम भएको र जथाभावी दोहनले वरिपरिको वातावरण समेत प्रभावित भएको स्थानिय वताउछन । बिकास निर्माणका लागि नदीजन्य पदार्थ आबश्यक हुनेभएपनि ब्यवस्थीत तरीकाले मापदण्ड अनुसार उत्खनन हुन नसक्दा समस्या उत्पन्न भएको छ ।
रूपन्देहीका तिनाउ र दानव नदिमा पनि अवैध रूपमा दोहन र ओसारपसा भईरहेको छ । स्थानियका अनुसार देवदह नगरपालिकाका जनप्रतिनिधीहरु आफै ठेकदार छन् । उनीहरुको आफ्नो निजी जेसीबी र टिप्परहरु पनि छन । तिनले बन क्षेत्रबाट अबैध उत्खनन पनि गरी रहेका छन । कतिपय स्थानियको जग्गामा समेत थाहै नदिई गिट्टी वालुवा मिस्कट थुपार्ने पनि गरेका छन् । देवदह नगरपालिका ईन्जिनीयर रबि पाण्डे भने अनुगमन नै गर्न नसकिएको स्वीकार्छन ।
उता जेठ १९ गते बुधवार नगरस्तरीय प्राकृतिक श्रोत अनुगमन समितिले गरेको अनुगमनको क्रममा देवदह नगरपालिकाले नदीजन्य पदार्थ निकासीलाई व्यवस्थित गर्न नसकेको स्थानीयवासीहरुको गुनासो गरेका थिए । देवदह नगरपालिकाले ठेक्काको माध्यमबाट नदीजन्य पदार्थ निकासी गर्दा जथाभावी डम्पिङ्ग गरेको र बस्ती तिरै खोला बग्ने खतरा रहेको स्थानीयवासीहरुको गुनासो गरेका थिए । नदीजन्य पदार्थको डम्पीङ्घका कारण गाउँ नै जलमग्न हुने खतरा बढेको छ । न खोलामा नाप जाँच छ न नगरपालिकाकै प्रतिनिधि भेटिन्छन । जनप्रतिनिधिकै मिलेपतोका कारण खोलामा ठेकेदारको कमाउधन्दा चलिरहेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





