• काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ । आज उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । पछिल्लो पटक सात दिनको लागि थप भएको निषेधाज्ञा बिहिवार रातीबाट सकिदैछ । यसपटक थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल बिहान ९ बजेसम्म संचालन गर्न दिइने छ ।

    यसैगरी निर्माण क्षेत्रलाई पुनः गतिशील बनाउन रात्रिकालीन समयमा सामान ढुवानी गर्न पनि दिने भएको छ । त्यस्तै निर्माण क्षेत्रमा संलग्न कामदारलाई कार्यक्षेत्रमै मापदण्ड पूरा गरेर बस्न र काम गराउन सकिने व्यवस्था गरिएको छ ।

4565