• प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । आइतबारको बहस पनि संवैधानिक इजलास गठनसम्बन्धी विवादमा नै केन्द्रित हुँदा मूल मुद्दा हेर्दाहेर्दैमा परेको हो ।

    इजलास गठनका विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए । संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो ।

    बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा सोमबारबाट नियमित सुनुवाई हुने बताइएको छ ।

4565